Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको बाेलपत्र मंगलबार खाेलिने

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १२ : २७ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको बाेलपत्र मंगलबार खाेलिने

एक्सेल डेभलपमेन्ट बैंकले  मंसिर २९ गते, बुधबारबाट पाैष ७ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (पाैष १३ गते, मंगलबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू मंगलबार दिउँसाे १ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

बैंकले सर्वसाधारण समुहतर्फकाे २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c96117d707e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको