Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्ट प्याटर्नमा बन्यो वियरिस मारुबोजु क्यान्डल; के बजार अब घट्ने नै हो त ?

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १५ : ३९ मा प्रकाशित

नेप्सेको चार्ट प्याटर्नमा बन्यो वियरिस मारुबोजु क्यान्डल; के बजार अब घट्ने नै हो त ?

हिजो आइतबार करिब ७१ अंकले बढेको नेप्से आज सोमबार करिब ६९ अंकले घटेर २५२१ को बिन्दुमा आइपुगेको छ। विगत केहि दिनदेखि बढिरहेको बजारमा तल्लो बिन्दुमा किनेका लगानीकर्ताहरुको डिम्याट खातामा सेयर आउँदा ति लगानीकर्ताहरुले नाफा बुक गर्ने क्रममा बजार घटेको अनुमान धेरैजसो विश्लेषकहरुको रहेको छ।  

प्राविधिक रुपमा के देखियो ? 
बजार आज एउटा विशेष विन्दुबाट झरेको छ।  २६१५ को बिन्दुलाई चुमेको बजार त्यहाँबाट खस्ने क्रममा बजारमा दिनभर उतार चढाव आइरह्यो।  प्राविधिक रुपमा हेर्दा यो एउटा एकदम महत्वपूर्ण र ध्यान दिनुपर्ने कुरा हो।  बजार ३२२५ बाट खस्दै गर्दा करिब २४८० को बिन्दुसम्म आइपुगेर त्यहाँबाट माथि जाने क्रममा करिब २८७७ को बिन्दुसम्म पुगेर बजार फेरी तलतिर झर्न थालेको थियो।  झर्दै गर्दा बजार २२५५ को बिन्दुसम्म पुग्यो र त्यहाँबाट बढ्न थालेको बजारमा माथि देखि डाउन ट्रेन्डलाइन खिच्दा ठ्याकै २६१५ को बिन्दुमा त्यो रेसिस्टेन्स लाइन पर्दथ्यो।  त्यहि रेसिस्टेन्स लाइन बाट बजार तलतिर खस्न थाल्नुलाई महत्वपूर्ण रुपमा लिइएको छ।  यदि बजार २६१५ भन्दा माथि बस्न सकेको भए नेप्सेको डाउन ट्रेन्ड ब्रेक हुने थियो र बजार बुलिश यात्रातर्फ लम्किने सम्भावना बढी भएर जाने थियो।  आगामी दिनहरुमा बजार बढ्दै गर्दा नेप्सेले यो डाउन ट्रेन्डलाइनलाइ ब्रेक गरेर माथि जान्छ कि जादैन भन्ने कुराले ठुलो अर्थ राख्नेछ।  

अन्य पर्स्पेक्टिभहरुबाट बजारलाइ हेर्दा MACD, ADX, RSI , MFI लगायतका इन्डिकेटरहरुले बजार बढ्दो ट्रेन्डमा नै रहेको देखाएका छन। लगानीकर्ताहरुले आगामी दिनमा ध्यान दिनुपर्ने बिन्दु भनेको २४८० को बिन्दु हो।  २४८० को बिन्दुसम्म आएर बजार फर्किन सक्ने सम्भावना धेरै देखिन्छ भने यदि २४८० को बिन्दुमा पनि नेप्से रोकिदैन भने नेप्सेको यात्रा अझ तलतिरकै हुन सक्ने सम्भावना उच्च रहन्छ।  बजारले कुनै बिन्दुलाई सपोर्ट लिएर माथितिर लाग्दा २६०० को बिन्दुलाई रेसिस्टेन्स बनाउन सक्ने सम्भावना प्रबल रहन्छ।

61c98e54eecaf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको