Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल पुनर्बीमा सहित ३ कम्पनीको मूल्य समायोजन, कुनको मूल्य कति घट्यो ?

अर्थ संसार

बुधबार, १४ पुस २०७८, ०६ : २४ मा प्रकाशित

नेप्सेमा नेपाल पुनर्बीमा सहित ३ कम्पनीको मूल्य समायोजन, कुनको मूल्य कति घट्यो ?

आज नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) नेपाल पुनर्बीमा कम्पनी सहित तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित बोनस पछि नेपाल पुनर्बीमा, मित्तेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको  सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले हिजो पौष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक पाचौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६।५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २।५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।

मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४३ रूपैयाँ ०७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभाले  बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ४ सय ८८ रूपैयाँ ४६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ३५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको पौष ३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । बोनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०५ कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
 

61cbae954729a.JPG 61cbae954ce18.JPG 61cbae95b6e70.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको