Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार चिरफारको अभियानमा अर्थ संसारः 'बजारको चिरफार' नामक कार्यक्रमको सुरुवात

अर्थ संसार

बुधबार, १४ पुस २०७८, ११ : ४० मा प्रकाशित

हामीले यो साता बाट  'बजारको चिरफार' नामको नयाँ कार्यक्रम प्रस्तुत गरेका छौं । अर्थसंसारको युट्युब च्यानल मार्फत साप्ताहिक रुपमा  प्रस्तुत हुने यो कार्यक्रममा हामी राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा घट्ने आर्थिक , राजनीतिक र सामाजिक घटनाहरु र ति घटनाहरुले लगानीकर्ताहरुको मनोविज्ञानमा पार्न सक्ने सकारात्मक वा नकारात्मक प्रभावको बारेमा विश्लेषण गर्नेछौं।

त्यस्तै नेप्सेको चार्टलाइ हरेक दृष्टिकोणबाट विश्लेषण गरेर बजार अब कता जान सक्छ भन्ने किसिमको विश्लेषण प्रस्तुत गर्नेछौं। हरेक एपिसोडहरुमा एउटा विशेष कम्पनीको प्राविधिक र आधारभूत विश्लेषण संगै सो कम्पनीसंग जोडिएका विभिन्न घटनाहरु जसले आगामी दिनमा सो कम्पनीको मूल्यमा सकारात्मक प्रभाव पार्नेछ कि नकारात्मक प्राभाव पार्नेछ भन्ने विषयमा पनि विस्तृत विश्लेषण प्रस्तुत गर्नेछौं ।  

समग्रमा यो कार्यक्रमलाई हामी नेपालको सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता वा नेपालको सेयर बजारलाई नजिकबाट बुझ्न चाहने जो कोहीको लागि पनि एउटा 'कम्प्लिट प्याकेज' हुने गरि प्रस्तुत गर्ने हाम्रो प्रयास हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको