Like us!
Follow us!
Connect us!
Watch us!

११ वटा फाइनान्सले डाके एजीएम : मञ्जुश्रीकाे लाभांश उच्च समृद्धिकाे हात खाली, अन्य कुनकाे कति ?

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १३ : ११ मा प्रकाशित

११ वटा फाइनान्सले डाके एजीएम : मञ्जुश्रीकाे लाभांश उच्च समृद्धिकाे हात खाली, अन्य कुनकाे कति ?

हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ११ वटा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे वार्षिक साधारण सभा आह्वान गरेका छन् । साधारण सभा बाेलाउने ११ वटा कम्पनीहरूमध्ये १० वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ भने बाँकी एउटा कम्पनी अर्थात् समृद्धि फाइनान्सका लगानीकर्ताहरूकाे हात खाली हुनेछ ।

लाभांश घाेषणा गर्ने १० वटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश रहेकाे छ । लाभांश घाेषणा गर्ने १० वटा फाइनान्स कम्पनीमध्ये एउटा कम्पनीकाे बुकक्लाेज भइसकेकाे छ ।

१.  मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते बिहीबार, फाइनान्सको केन्द्रिय कार्यलय, नयाँबानेश्वर काठमांडौमा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. रिलायन्स फाइनान्स कम्पनी लिमिटेड

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे पाैष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार, कम्पनीकाे केन्द्रिय कार्यालय, प्रदर्शनीमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. आइसिएफसी फाइनान्स कम्पनी लिमिटेड

आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । फाइनान्सकाे अठाराैँ वार्षिक साधारण सभा पाैष ५ गते, साेमबार, आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, नेता चाैक, राजविराजमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. गुडविल फाइनान्स कम्पनी लिमिटेड

गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा पुष २९ गते बिहीबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड

सेन्ट्रल फाइनान्स कम्पनीकाे लिमिटेडकाे मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, कानदेवस्थान, कुपण्डाेल, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

८. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. पाेखरा फाइनान्स कम्पनी लिमिटेड

पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार दरबारथाेक ब्याङ्क्वेट, बाँस्ताेलाथर, पाेखरा-९, कास्कीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष २१ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१०. प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड 

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार ज्यापू प्रज्ञा भवन, भाेलगणेश, ललितपुरमा दिउँसाे १ बजेदेखि वेभिनार मार्फत् सञ्चालन हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

११. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

समृद्धि फाइनान्स लिमिटेडको पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको बीसाैँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार होटल एभोकाडो हेटौँडा, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ । फाइनान्सले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । फाइनान्सले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको