Like us!
Follow us!
Connect us!
Watch us!

सरकार सेयर बजारप्रति सकारात्मक भए मात्र इन्डेक्समा सुधार आउँछ

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १३ : १० मा प्रकाशित

सरकार सेयर बजारप्रति सकारात्मक भए मात्र इन्डेक्समा सुधार आउँछ

सेयर बजारको प्राविधिक तथा नीतिगत विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा नभएको जिकिर गर्छन पूर्व गभर्नर चिरञ्जीवी नेपाल । 

आफ्नो कार्यकालमा नेतृत्वमा रहँदा विकास गरेका नीतिगत तथा प्राविधिक सुधारका कुराहरूलाई जोड्दै अहिले जुन संख्यामा बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका छन् त्यो संख्याको लगानीकर्ता लक्षित गरी प्राविधिक विकास नभएको र सरकारले सेयरबजार लाई प्राथमिकतामा नराखेको र नेप्सेको सिस्टम विकासमा चासो नदेखाएको उनी बताउँछन् । 

नयाँ लगानीकर्ता सुरक्षित लगानीको उद्देश्यले बजारमा प्रवेश गरेपनि सुरक्षित तवरले कारोबार गर्ने बाताबरण सृजना नभएको हुँदा सरकार यसप्रती चासो दिएर विश्वबजारमा प्रयोग हुँदै आएका नयाँ प्राविधिक सफ्टवेयर , नीति नियम कानुनको प्रयोग गर्नुपर्ने साथै सुनियोजित रुपमा चलखेल गर्नेहरूलाई कानुनको दायरामा ल्याउने नीति तयार पार्न उनी सुझाव दिन्छन् । 

सरोकारवाला हरुको लापरबाहिपनले लगानीकर्तालाई सुरक्षित लगानीको प्रत्याभूति नभएको उनको दाबी छ । नियामक निकाय धितोपत्र बोर्डको स्थाई भवन नभएको र लगानीकर्ताको हकहित स्थापना गर्न बसेको निकायको प्रमुखको पदभार ग्रहण नभएको ले उनी प्रश्न गर्छन् के यो देशमा आर्थिक क्रियाकलाप गर्नेलाई चासो नदिइएको हैन ?

सेयर बाजार संवेदनशील क्षेत्र हो, विचार नै नगरी प्रगतिशील विचारका मन्त्री र पुर्वप्रधानमन्त्रीहरुले सेयरबजार लाई अनुत्पादक क्षेत्र तथा साम्यवादको प्रतीक भनी व्याख्या गर्दा के साँच्चिकै लगानीकर्ताले सुरक्षाको प्रत्याभूति गरेका छन् त ? राज्य तथा नियामक निकायका नेतृत्व तहका व्यक्तिले दिने यस्ता प्रतिक्रियाले  लगानीकर्तामा प्रत्यक्ष असर गर्ने हुँदा लगानीकर्ताको मनोविज्ञानमा आघात पुर्याउने कुराहरू नगर्न सल्लाह दिन्छन । 

सरकार सेयरबजार प्रति सकारात्मक भएमा मात्र इन्डेक्समा सुधार आउँछ र नियामक निकायले नीति तयार गर्दा बजारमा देखिन सक्ने दुवै सकारात्मक तथा नकारात्मक विषयको समीक्षा गर्नुपर्ने साथै अन्य देशहरूमा नीति तयार गर्दा सेयरबजारलाई प्राथमिकता दिइएको हुन्छ भने नेपालमा लगानीकर्तालाई सुरक्षित लगानीको प्रत्याभूति गराउन पनि असमर्थ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको