Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको मूल्य ५०० माथि नै जाने हाे त ? के देखिन्छ प्राविधिक रुपमा हेर्दा ?

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १९ : ०० मा प्रकाशित

नेपाल बंगलादेश बैंकको मूल्य ५०० माथि नै जाने हाे त ? के देखिन्छ प्राविधिक रुपमा हेर्दा ?

विगत केहि समयदेखि नै नेपाल बंगलादेश बैंक (NBB) को सेयरमूल्यमा ठूलो उतार चढाव हुँदै आएको देखिन्छ । बैंकिङ्ग सेक्टरको सबैभन्दा महँगो तथा राम्रो मानिएको लगानीकर्ताहरु माझ राम्रो छाप छोड्न सफल कम्पनी नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै नेपाल बंगलादेश बैंकप्रति लगानीकर्ताहरुको चासो चुलिएको देख्निछ।

आज बुधबार बजार सानो अंकले मात्रै बढ्दा पनि NBB को मूल्य ९% भन्दा धेरैले बढ्यो भने करिब पाँच लाख पच्चीस हजार कित्ता भन्दा बढी सेयर खरिद बिक्री भएको देखिन्छ। आजको अन्तिम मूल्य अनुसार ४०२ मा रहेको NBB को सेयर मूल्य छिट्टै ५०० भन्दा माथि पुग्ने भन्ने किसिमका विश्लेषणहरु बजारमा हुन थालिसकेका छन् ।

के ५०० माथि जाला त NBB? प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ ?

NBB को चार्टमा आज बनेको क्यान्डललाई बुलिश मारुबोजु क्यान्डल भनिन्छ। उच्च भोलुमसहित ९% भन्दा बढीले सेयर मूल्य बढ्नुलाई प्राविधिक रुपमा राम्रो संकेतको रुपमा लिने गरिन्छ। केहि दिन अघि ३९० सम्म पुगेर त्यहाँ बाट झर्न थालेको यसको मूल्य झर्ने क्रममा ३६२ सम्म पुगेको थियो। आज बजार खुलेदेखि नै बढ्दै गएको यसको मूल्य अन्तिम घण्टाहरुमा झन् बढेर गएको देखिन्छ।

इन्डिकेटरहरुले के भन्दैछन् ?

सुपरट्रेन्ड : यसको मूल्य करिब ३५५/६० को हाराहारीमा हुँदै गर्दा डेली क्यान्डलस्टिक प्याटर्नमा सुपरट्रेन्डले BUY सिग्नल जेनेरेट गरेको थियो भने हालसम्म सुपरट्रेन्ड सकारात्मक जोनभित्रै रहेको छ। सुपरट्रेन्डलाई एकदम विश्वसनीय इन्डिकेटरको रुपमा लिइन्छ र यसले BUY सिग्नल दिइसकेपछि सामान्यत: सेयर मूल्य बढ्ने नै गरेको छ।

RSI १४ : विगत केही महिनायता NBB को RSI ६० को लेभलभन्दा माथि जान सकेको थिएन। तर आज RSI ले ६० को लेभललाई क्रस गर्दै ६६ भन्दा माथि जान सफल भएको छ। यदि RSI ले ७० को लेभललाइ पनि क्रस गरेर माथि जान्छ भने NBB को मूल्य अझै बढेर जान सक्ने देखिन्छ। लगानीकर्ताहरुले विशेष रुपमा हेर्नुपर्ने कुरा पनि यहि हो। RSI ७० भन्दा माथि जान सकेन भने यसको सेयर मूल्यमा गिरावट आउन सक्छ।

MACD : NBB को सेयर मूल्य करिब ३५५/६० को बिन्दुतिर हुँदै गर्दा नै MACD ले BUY सिग्नल दिइसकेको थियो। अहिले MACD को हिस्टोग्रामहरु लामा लामा हुँदै गएका छन जसले यसको सेयरमा खरिद चाप धेरै रहेको संकेत गर्दछ। MFI , DMI , Stochastic RSI लगायतका इन्डिकेटरहरुले पनि सकारात्मक संकेत नै दिइरहेका छन।

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने एरिया कुन-कुन ?

यसअघि धेरै पटक NBB को सेयर मूल्य ४०० देखि ४२० को बिन्दुतिर पुग्दै गर्दा राम्रो सप्लाई आएको थियो र त्यहाँबाट सेयरको मूल्य खस्न थालेको थियो। यो पटकको ट्रेन्ड बलियो छ तर ४२० को विन्दुलाई यसले क्रस गर्छ कि गर्दैन भनेर हेर्नु अति आवश्यक देखिन्छ। यदि ४२० को विन्दुलाई पनि क्रस गरेको खण्डमा ४५० देखि ४६० को विन्दु अर्को टार्गेट हुन सक्नेछ। ४६० को विन्दुलाई पनि क्रस गरेर माथि गएको खण्डमा फ़िबोनासी रिट्रेसमेन्ट लगाएर हेर्दा ५५० सम्मको टार्गेट बन्न सक्ने सम्भावना रहन्छ।

नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच मर्ज हुने या नहुने भन्ने कुराको टुंगो लागिसकेको अवस्था होइन। यसअघि पनि पटक पटक नबिलसँग मर्जमा जाने पक्कापक्की भयो भन्दै NBB को सेयरमूल्य उचालिएको थियो। यदि नेपाल बंगलादेश बैंक नबिलसँग मर्जमा जाने नै भयो भने पनि कुन स्वाप रेसियोमा मर्जमा जान्छ भन्ने कुरालाई लगानीकर्ताहरुले ख्याल गर्नुपर्ने देखिन्छ। बजारमा हल्ला चलेजस्तो यदि ३५% को स्वाप रेसियोमा मर्जमा गयो भने यसको बजारमूल्य ४५० को हाराहारीमा रहँदै गर्दा बेच्नु बुद्धिमानी हुन सक्छ। कम्पनीहरु मर्जमा जाँदा लामो समयसम्म कारोबार रोक्का हुन जाने हुँदा यस तर्फ पनि लगानीकर्ताहरुले ध्यान दिनुपर्ने देखिन्छ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको