Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मञ्जुश्री फाइनान्ससहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

विहीबार, १५ पुस २०७८, ०६ : ४६ मा प्रकाशित

नेप्सेमा मञ्जुश्री फाइनान्ससहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

आज (पौष १५ गते, बिहीबार) नेप्सेमा विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज पौष १५ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले हिजो पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७० रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ सय ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६७ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको २५ औं वार्षिक साधारण सभा पुस २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा हुने छ । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ७ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ११ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६५ रूपैयाँ ३४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको तेर्हौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।   
 

61cd05bf7a435.JPG 61cd05bf7de46.JPG 61cd05bfad253.JPG 61cd05bfc5d41.JPG 61cd05bfdc739.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको