Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे नबिल र नेपाल बङ्गलादेश बैंककाे मर्जर प्रकृया : मर्जर कमिटी गठन

अर्थ संसार

विहीबार, १५ पुस २०७८, २२ : १४ मा प्रकाशित

अघि बढ्याे नबिल र नेपाल बङ्गलादेश बैंककाे मर्जर प्रकृया : मर्जर कमिटी गठन

बजारमा धेरै अघिदेखि हल्ला चलेकाे नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे मर्जर प्रकृया अन्तत: अघि बढेकाे छ । दुवै बैंककाे मर्जरका लागि संयुक्त मर्जर कमिटी गठन गरिएकाे छ । उक्त कमिटीले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ । 

नबिल बैंक लिमिटेडकाे हिजाे (बुधबार) र नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे आज (बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले मर्जरमा जाने निर्णयकाे टुङ्गाे लगाएका छन् । 

नेपाल बङ्गलादेश बैंकको प्रमुख लगानीकर्ता बङ्गलादेशको आइएफआइसी बैंकले सेयर बिक्री गरेर बाहिरन लागेको छ । याे सँगै नबिल बैंकका मुख्य संस्थापक लगानीकर्ता विनोद चौधरीले आईएफआईसी बैंकको संस्थापक सेयर खरीद गर्न बाटाे खुलेकाे छ । मर्जर सम्झाैतापछि नेपाल बङ्गलादेश बैंकमा रहेकाे आइएफआइसीकाे सेयर नबिल बैंकका मुख्य संस्थापक लगानीकर्ता विनोद चौधरीले किन्नेछन् । 

हाल नबिल बैंककाे चुक्ता पूँजी १३ अर्ब ८४ करोड रूपैयाँ र नेपाल बङ्गलादेश बैंककाे चुक्ता पूँजी ९ अर्ब रूपैयाँ रहेकाे छ । नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ भने नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

याे पनि :

नेपाल बंगलादेश बैंकको मूल्य ५०० माथि नै जाने हाे त ? के देखिन्छ प्राविधिक रुपमा हेर्दा ?

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको