Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नबिल बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, समायाेजनपछि कुनको मूल्य कति ?

नेप्से

शुक्रबार, १६ पुस २०७८, १३ : ०८ मा प्रकाशित

नेप्सेमा नबिल बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, समायाेजनपछि कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १६ गते, शुक्रबार) विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपसेमा नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे ।

नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हिमालयन डिष्टीलरीकाे ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

गुडविल फाइनान्सकाे ९.१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको