Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोभिड : एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिवाना

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १३ : १० मा प्रकाशित

भारतमा कोभिड : एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिवाना

भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन् ।  देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितकाे संख्या बढेकाे छ ।  दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् । 

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिमाना तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको