Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकसहित २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, कुनकाे बाेनस कति ?

अर्थ संसार

सोमबार, १९ पुस २०७८, ०६ : ५४ मा प्रकाशित

सिभिल बैंकसहित २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, कुनकाे बाेनस कति ?

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

सिभिल बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष २० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे एघाराैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार आम्रपाली बैंङ्क्वेट, बालुवाट, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको पाैष ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि पाैष २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पाैष १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार, कम्पनीकाे केन्द्रिय कार्यालय, प्रदर्शनीमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे पाैष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको