Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वाणिज्य बैंकसहित ६ कम्पनीको सेयरमूल्य समायोजन, समायोजनपछि कुनको मूल्य कति ?

नेप्से

सोमबार, १९ पुस २०७८, ०७ : ०९ मा प्रकाशित

नेप्सेमा २ वाणिज्य बैंकसहित ६ कम्पनीको सेयरमूल्य समायोजन, समायोजनपछि कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १९ गते, साेमबार) विभिन्न ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिमालयन बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको हो ।

हिमालयन बैंक लिमिटेडको २१.३८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९८ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

बैंककाे उनन्तीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँबाट भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक एक आपसमा मर्जर गर्ने कार्यकाे सम्पूर्ण प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

बैंककाे ११औं वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ९५ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चाेकमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ६७ रूपैयाँ २ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसकाे सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

कम्पनीकाे वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको ७.०१ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ६८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्दैछ । सभामा कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको