Like us!
Follow us!
Connect us!
Watch us!

सुधारिँदै निक्षेप, सहज हुँदै तरलता

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १२ : ३८ मा प्रकाशित

सुधारिँदै निक्षेप, सहज हुँदै तरलता

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे । नेपाल राष्ट्र बैंकले तरलताकाे अभाव न्यूनिकरण गर्न विभिन्न माध्यमबाट कदम चाल्दा बैंकहरूकाे निक्षेप बढ्न थालेकाे हाे । 

पाैष १६ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा १४ अर्बले बढेकाे हाे । पाैष ९ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, बैंकहरुको कर्जा लगानी पनि ११ अर्ब रुपैयाँले बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेकाे छ । पाैष २ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

यस अवधिसम्म बैंकहरुको सिडी रेसियो (कर्जा निक्षेप अनुपात) ९१.०२ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको