Like us!
Follow us!
Connect us!
Watch us!

“अर्थतन्त्रले राजनीतिलाइ डोर्याउँछ, समय अनुसार चल्न नसक्ने नेतृत्व समाप्त भएर जानेछ”

अर्थ संसार

मंगलबार, २० पुस २०७८, २१ : ४६ मा प्रकाशित

सेयर विश्लेषक विमल तिवारीले समय अनुसार चल्न नसक्ने राजनीतिक दल र नेतृत्व समाप्त भएर जाने बताएका छन। अर्थसंसारको साप्ताहिक कार्यक्रम सेयर टेक फण्डामा बोल्दै उनले पैसा बोलेपछि नेताको बोलीको असर नपर्ने बताए।

नेप्सेको चार्ट प्याटर्नमा देखिएको डाउन ट्रेन्ड ब्रेक भएको हो र भन्ने हाम्रो प्रश्नमा उनले २० दिनको मुभिंग एभरेजलाइ ९ दिनको मुभिंग एभरेजले काटिसकेको हुँदा शर्ट टर्ममा बजार बुलिश देखिएको बताए भने ५० दिनको मुभिंग एभरेज भन्दा पनि माथि नै क्यान्डलहरु बन्दै गएको खण्डमा मात्रै अहिलेको डाउन ट्रेन्ड ब्रेक भएर जाने बताए। यो र्यालीमै बजार २८०० को बिन्दुसम्म पुग्न सक्ने बताउँदै उनले कम्तिमा पनि २७३० को बिन्दुसम्म बजार पुग्न सक्ने सम्भावना अत्याधिक रहेको बताए।

बजार २२६० को बिन्दुबाट माथितिर बढ्दै जाँदा हाइड्रो, फाइनान्स र विकास बैंक समूह खासै बढ्न सकेन बरु बिमा र लघुवित्त क्षेत्रले बजारलाई लिड गर्यो; नेप्सेमा सेक्टर सिफ्ट हुन खोजेको हो त भन्ने हाम्रो प्रश्नको जवाफ दिदैँ उनले भने, ' अवश्य पनि बजार एकदम झरेर माथितिर जाने क्रममा कुन सेक्टरमा धेरै एकुमुलेसन भयो त भन्ने कुराले धेरै अर्थ राख्छ। मैले यसअघिका एपिसोडहरुमा पनि इन्स्योरेन्स र माइक्रो फाइनान्स सेक्टरमा धेरै एकुमुलेसन देखिएको छ, अब बजार बढ्दा यी सेक्टरका सेयरहरु बढ्न सक्ने सम्भावना उच्च छ भनेर भनेको थिएँ। समग्रमा बजार घट्ने क्रममा हाइड्रो, फाइनान्स र विकास बैंक समूह अन्य समूहका तुलनामा कम घटेका थिए, त्यसैले बजार बढेर जाँदा पनि यी सेक्टर खासै बढेनन।'

महँगो मूल्यमा हाइड्रो, फाइनान्स र विकास बैंक सेक्टरका सेयरहरु किनेर बसेका लगानीकर्ताहरुलाई सुझाव दिँदै उनले भने, ' आफ्नो रणनिति के हो भन्ने कुरामा स्पष्ट हुनुहोस। लक्ष्यबिनाको ट्रेड गर्नुभयो भने सफलता प्राप्त गर्न सकिदैन। आफ्नो पोर्टफोलियोमा कम्तिमा पनि १० वटा कम्पनीका सेयर हरु राख्नुहोस। र ति कम्पनीहरु फरक फरक सेक्टरबाट छान्नुहोस। यदि हाइड्रो, फाइनान्स र विकास बैंक महँगो मूल्यमा किनेर बस्नुभएको छ भने समग्र बजार बढ्दा यी सेक्टरहरु पनि बढ्न सक्ने सम्भावना रहन्छ। त्यसपछि यी सेक्टरका सेयर हरु बेचेर बजार घट्दा एकदम धेरै घटेका सेक्टरहरुमा आफ्नो लगानी शिफ्ट गर्नुहोस।

' कतिपय प्राविधिक विश्लेषकहरुले सेयर बजार ६००० माथि जान्छ र कतिपयले ३८०० को हाराहारीमा पुग्न सक्छ भन्ने बताउँदै गर्दा यसमा तपाईंको धारणा के हो भन्ने हाम्रो प्रश्नमा उनले भने, 'सेयर बजारको प्रवित्ति बुलिश नै हुन्छ। बजारमा उतार चढाव आउँछ तर लामो समयको अन्तरालमा हेर्दा बजार बढेर नै गएको हुन्छ। अहिले हाम्रो इन्डेक्स जुन बिन्दुमा छ त्यो एकदम थोरै हो। समग्र अर्थतन्त्र राम्रो भएर जान्छ र देशको स्थिति राम्रो बन्दै जान्छ भने केहि बर्षको अन्तरालमा ६००० त के नेप्से ८००० माथि पुग्छ भन्ने मेरो व्यक्तिगत विश्लेषण हो। '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको