Like us!
Follow us!
Connect us!
Watch us!

सिइडिबी हाइड्रोपावरको लकइन खुलेको संस्थापकलाई सेयर बेच्न हतारो, कसरी बढ्यो मुल्य?

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १९ : ०१ मा प्रकाशित

सिइडिबी हाइड्रोपावरको लकइन खुलेको संस्थापकलाई सेयर बेच्न हतारो, कसरी बढ्यो मुल्य?

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेडको सेयर मुल्यमा निरन्तर केहि समय देखि गिरावट देखिदै आएको थियो। 

कम्पनीको संस्थापकको लकइन अवधि वैशाख ३० गते अर्थात हिजो देखि सकिएकोले आजबाट सबै संस्थापक सेयर सर्वसाधारण सरह कारोबार हुने भएपछि निरन्तर बजारमा कारोबार गर्ने ट्रेडर यस कम्पनीमा ट्रेड गर्न हच्किएका थिए। 

धेरैले सोचेका थिए संस्थापकको सेलिङ्ग आएपछि यस कम्पनीको सेयर मुल्यमा गिरावट देखिने छ। बजारको आजको कारोबार हेर्ने हो भने अरु दिनको तुलनामा आक्रामक रुपमा भोल्युम आयो। तर धेरैले नसोचेको घटना घट्यो। त्यो भनेको कम्पनीको सेयर मुल्य बढेर बन्द भयो। 

आज कम्पनीको सेयर मुल्य ७.६५ % बढेको देखिन्छ। आज बिहान ६८० रुपैंयामा सुरु भएको कारोबारको अन्तिम कारोबार ७४६ रुपैंयामा भएको छ। आज यस कम्पनीको ४ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ। 

संस्थापकले बेचे सेयर

आज देखि कम्पनीका संस्थापक सेयरधनीकाे ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त भएको हो। अरु दिनको तुलनामा जसरी भोल्युम बढेको देखिन्छ आज संस्थापकले भने सेयर बेचेको नै देखिन्छ। अरु दिन १० -१५ हजार दैनिक सेयर किन बेच हुने गरेकोमा आजको भोल्युमले नै संस्थापकले आफ्नो सेयर बेचेको देखिन्छ। 

कसरी बढ्यो मुल्य ?

सिइडिबी हाइड्रोपावरको सेयर मुल्य बढ्नुको प्रमुख कारण भनेको आज कम्पनीको बिहान सम्पन्न रहेको बुझिन्छ। कम्पनीले आफ्नो संस्थापकहरु कै सेयरको लकइन समाप्त हुने साधारण सभा परेको थियो। पक्कै पनि साधारणसभामा कम्पनीले आगामी दिनमा राम्रो गर्ने भनेर गरेको प्रतिवद्धताले पनि धेरै लगानीकर्तालाई आकर्षित गरेको हुनसक्छ। 

अर्को कारण भनेको केहि लगानीकर्ता भने कम्पनीको आज नेप्सेमा एकाएक कम्पनीको भोल्युम कारोबार भएको देखेर कम्पनीमा केहि हुन् लागेको हो कि भनेर सेयर किनेको प्रतिकृया प्राप्त पनि भएको छ। तिनले कम्पनीको लकइन खुलेको थाहा नभएको र पछि मात्र थाहा पाएको भनेका छन्। 

अझै आउन सक्छ संस्थापकको सेलिङ्ग 

कम्पनीको संस्थापक सेयरधनीकाे ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ताको कारोबार फुकुवा भएकोमा कम्पनीका संचालक बाहेक अरुको बजारमा सेलिङ्ग आउने जानकारहरुले बताएका छन्। आजको सप्लाई हेर्दा अझ केहि समय बजारमा यस कम्पनीको सेलिङ्ग प्रेसर रहने देखिन्छ। 

कस्तो देखिन्छ वित्तीय अवस्था ?

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण की दिन अगाडी मात्र सार्वजनिक गरेको थियो। विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्त सम्म कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको यो नाफा ९ करोड ४५ लाख रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको तुलनामा नाफा १२.६९ प्रतिशतले घटेको हो। 

कम्पनीको नाफा घटनाको असर कम्पनीको प्रति सेयर आम्दानीमा देखिएको छ।  कम्पनीको इपिएस १ रुपैयाँ ९१ पैसा घटेर १३ रुपैयाँ १२ पैसामा सीमित भएको छ। तेस्तै चोमप्न्य्को प्रति सेयर नेटवर्थ १६९ रुपैयाँ ७ पैसा रहेको छ। आकर्षक भनेको कम्पनीको रिटेन्ड अर्निङ्ग ५७ करोड ९८ लाख रुपैयाँ रहेको देखिन्छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको