Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ फाइनान्सको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

विहीबार, २२ पुस २०७८, ०६ : २२ मा प्रकाशित

नेप्सेमा २ फाइनान्सको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २२ गते, बिहिबार) २ फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४१ रूपैयाँ ९७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सत्ताइसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ४५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

कम्पनीको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

61d63a55b9bdb.JPG 61d63a55bde97.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको