Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ३० अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १३ : ०१ मा प्रकाशित

एकैदिनमा ३० अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एक दिनमै ३० अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलनमा आक्रामक बन्न थालेपछि सिडी रेसियाे पनि सुधार हुँदै गएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते बैंकहरूकाे निक्षेप ४२ खर्ब ४७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ३० अर्बले बढेकाे हाे ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब १९ अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.८२ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । 

61d6998967b45.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको