Like us!
Follow us!
Connect us!
Watch us!

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, १० बैंकको ब्याजदर १० तल (सूची सहित)

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, ०८ : १३ मा प्रकाशित

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, १० बैंकको ब्याजदर १० तल (सूची सहित)

कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्।नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । १३ वटा वाणिज्य बैंकहरुले कात्तिकमा ब्याजदर घटाएका छन् । साथै, ३ बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् ।

यस्तो छ असोज महिनाको ब्याजदर 

Interest Rates
S.No.
Commercial Banks
Asoj 
Kartik
Difference
Asoj
Kartik
Difference
 
 
Individual
Institutional
1
Everest Bank Ltd
11.054
9.224
-1.83
9.054
7.224
-1.83
2
Prime Commercial Bank Ltd
11.358
10.25
-1.108
9.358
8.25
-1.108
3
Nabil Bank Ltd
11.054
10
-1.054
9.054
8
-1.054
4
Nepal Investment Mega Bank Ltd
11.03
10.01
-1.02
9.03
8.01
-1.02
5
Prabhu Bank Ltd
10
9.224
-0.776
8
7.224
-0.776
6
Sanima Bank Ltd
9.953
9.224
-0.729
7.953
7.224
-0.729
7
Global IME Bank Ltd
10.5
10
-0.5
8.5
8
-0.5
8
Agriculture Development Bank Ltd
10.011
9.76
-0.251
8.011
7.76
-0.251
9
Citizens Bank International Ltd
10.05
9.95
-0.1
8.05
7.95
-0.1
10
Kumari Bank Ltd
10.11
10.01
-0.1
8.11
8.01
-0.1
11
Standard Chartered Bank Ltd
9.29
9.22
-0.07
6.29
5.5
-0.79
12
Nepal Bank Ltd
9.293
9.224
-0.069
7.293
7.224
-0.069
13
Himalayan Bank Ltd
11.054
11.003
-0.051
9.054
9.003
-0.051
14
NIC Asia Bank Ltd
11.054
11.003
-0.051
9.054
9.003
-0.051
15
Siddhartha Bank Ltd
9.99
9.99
0
7.99
7.99
0
16
Machhapuchchhre Bank Ltd
9.99
9.99
0
7.49
7.49
0
17
Laxmi Sunrise Bank Ltd
10
10
0
8
8
0
18
Rastriya Banijya Bank Ltd
9.5
9.5
0
7.5
7.5
0
19
Nepal SBI Bank Ltd
10
10.7
0.7
8
8.7
0.7
20
NMB Bank Ltd
9.99
11.003
1.013
7.99
9.003
1.013

ब्याजदर घटाउने बैंक

कार्तिक महिनाको लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक  एभरेष्ट बैंक बनेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। 

तेस्तै प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले पनि कात्तिकमा १.०५४ प्रतिशत घटाएरको छ र ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर रहेको थियो। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तय गरेको छ। यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर रहेको थियो। 

प्रभु बैंकले पनि कात्तिकमा ०.७७६ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर रहेको थियो। 

ग्लोबल आइमई बैंकको कात्तिकमा ०.५ प्रतिशत ब्याज घटेको छ  अब  ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सरकारी बैंक कृषि विकास बैंकले पनि  कात्तिकमा ०.२५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०११ प्रतिशत र संस्थागततर्फ ८.०११ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर रहेको थियो। 

अर्को बैंक सिटिजन्स बैंकले कात्तिकमा ०.०९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तय गरेको छ । बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर तय गरेको थियो।

 स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ०.७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९ प्रतिशत र संस्थागततर्फ ६.२९ प्रतिशत ब्याजदर रहेको थियो। 

नेपाल बैंकले कात्तिकमा ०.०६९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो ।

हिमालयन बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तय गरेको थियो। 

एनआईसी एशिया बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तय गरेको थियो 

स्थीर राख्ने बैंक 

कात्तिकमा तीन बैंकले भने ब्याजदर स्थीर राखेका छन्भ। माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदरलाई जस्ता को तेस्तै राखेका हुन्।  माछापुच्छ्रे बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तय गरेका छन्। 

ब्याजदर बढाउने बैंक 

नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने सामान्य बढाएका छन् ।नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर रहेको थियो। 

अर्को बैंक एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गर्यो । यसअघि असोजमा  ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर रहेको थियो। 

१० बैंकको अब १० तल ब्याजदर पुगेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको