Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्ने व्यवस्था लागू, राष्ट्र बैंकले निकाल्याे सर्कुलर

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १० : ४२ मा प्रकाशित

स्थानीय तहको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्ने व्यवस्था लागू, राष्ट्र बैंकले निकाल्याे सर्कुलर

स्थानीय तहको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा गणना गर्न दिने व्यवस्था लागू भएकाे छ । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेसँगै याे व्यवस्था लागू भएकाे हाे ।

हिजाे साेमबार राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पत्राचार गरेर उक्त निर्णय कार्यान्वयन भएको जानकारी दिएको छ । यस प्रावधान लागू भएसँगै करिब ६० अर्ब हाराहारीकाे रकम बैंकिङ प्रणालीमा निक्षेपका रूपमा थपिएको छ ।

अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत रकम वाणिज्य बैकहरुलाई निक्षेपमा गणना गर्न दिने गरि राष्ट्र बैंकलाई यही आइतबार पत्राचार गरेको थियाे । गतवर्ष ८० प्रतिशतसम्म दिँदै आएको सुविधालाई यो वर्ष ६० प्रतिशतमा घटाइएको छ ।

स्थानीय तहको सञ्चिती कोषमा १ खर्ब १० अर्ब रकम रहेको छ । बैंकहरुले अब निक्षेपका रुपमा गणना गर्न पाउने भएसँगै बैंकहरुको आधार दर घट्नेछ । यता तरलता पनि सहज बन्दै जानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको