Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले पनि घटायो मंसिर महिनाको ब्याजदर !

अर्थ संसार

मंगलबार, २८ कार्तिक २०८०, २० : ४२ मा प्रकाशित

कृषि विकास बैंकले पनि घटायो मंसिर महिनाको ब्याजदर !

कृषि विकास बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको ब्याजदर घटेको छ।   

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गरिने छ  । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा बैंकले ५.२५ प्रतिशत देखि ७.२५ प्रतिशत दिदैं आएको थियो भने  रेमिट्यान्स खातामा ८.२५ प्रतिशत ब्याजदर रहेको थियो। 

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ९.५१२ प्रतिशत ब्याजदर तय गरेको छ ।  मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ८.०१२ प्रतिशत ब्याज पाउने छन् ।बैंकले रेमिट्यान्स बचत खातामा  १०.५१२ प्रतिशत ब्याजदर तय गरेको छ। 

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। तेस्तै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर भने बैंकको वेवसाइट हेर्न आग्रह गरिएको छ। 

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ९.०१०  प्रतिशत देखि  ९.५१२ र संस्थागतमा ८.०१२ प्रतिशत ब्याज दिंदै आएको थियो । 

हेर्नुहोस सूचना 

65538d6bc1391.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको