Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारको संकेतः दुई दिनमा ३९ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियो ८९.६४ प्रतिशत !

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १० : १९ मा प्रकाशित

तरलतामा सुधारको संकेतः दुई दिनमा ३९ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियो ८९.६४ प्रतिशत !

बैंकहरूको निक्षेप संकलन दुई दिनमै ३९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पौष १९ गते बैंकहरूको निक्षेप ४२ खर्ब ४७ अर्ब रूपैयाँ रहेको मा एकैदिनमा बैंकहरूको निक्षेप ३० अर्बले बढेर पौष २० गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो भने पुनः पौष २१ गते बैंकहरुको निक्षेप ९ अर्बले बढेर ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । बैंकहरूको कर्जा लगानी ३ अर्बले बढेर ४६ खर्ब २१ अर्ब पुगेको छ ।

पौष २० गते सम्म बैंकहरूको औसत कर्जा (निक्षेप अनुपात (सीडी रेसियो) ८९.८२ प्रतिशत रहेको मा २१ गते त्यो घटेर ८९.६४ मा झरेको राष्ट्र बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको