Like us!
Follow us!
Connect us!
Watch us!

अबको १ महिनामा बजारले ३२०० को बिन्दु चुम्ने: प्राविधिक विश्लेषक बस्याल

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १४ : ३४ मा प्रकाशित

अबको १ महिनामा बजारले ३२०० को बिन्दु चुम्ने: प्राविधिक विश्लेषक बस्याल

चर्चित प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले बजारमा अन्तिम समय बन्दै गएको ट्रेन्ड हेर्दा अबको १ महिना भित्रमा नेप्सेले ३२०० को बिन्दुलाई क्रस गर्ने सम्भावना बढेर गएको बताएका छन। 

'बजार ३२०० नपुगी खासै ठुलो करेक्सन आउने सम्भावना देखिदैन, ३२०० को बिन्दुसम्म पुग्न १ देखि बढीमा २ महिनासम्म लाग्न सक्ने सम्भावना देखेको छु', उनले थपे।  

बजारमा सानातिना करेक्सन आउन सक्ने तर यो पटक ३१०० देखि ३२०० को बिन्दुमा नपुगेसम्म बजार सिग्नीफिकेन्ट रुपमा घट्ने सम्भावना देखिदैन भन्दै उनले अहिले इलिअट वेभ एनालाइसिस अनुसार बजार अप्वार्ड मुभमै रहेको बताए। 

यस अघि सन् २०२४ सम्ममा नेप्से ६००० भन्दा माथि नै रहने प्रोजेक्सन गरेर विवाद र चर्चाको केन्द्रमा रहेका बस्यालले आफूले गरेको प्रोजेक्सनमा विश्वस्त रहेको पनि बताए। करिब  तिन साता अगाडी अर्थसंसार डट कमको कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले २२६० को बिन्दुमा नेप्सेले बटम लगाइसकेको हुँदा अब नेप्से  त्यो बिन्दुभन्दा तल जाने सम्भावना नरहेको बताएका थिए।  सन् २०१६ मा बजार १८९० सम्म पुगेर करेक्सन आउने क्रममा  अन्य विश्लेषक तथा लगानीकर्ताहरुले यो सानो करेक्सन मात्र हो, बजार २५०० माथि पुग्छ भन्ने किसिमको विश्लेषण गर्दै गर्दा बस्यालले बजार घटेर सन् २०१९ को डिसेम्बर सम्ममा ९०० को बिन्दुसम्म आउन सक्ने प्रोजेक्सन गरेका थिए।  भलै बजार ९०० सम्म आएन, ११०० को बिन्दुबाटै माथितिर उक्लियो तर उनको विश्लेषण अनुसार नै बजार घट्दै गएकाले उनको चर्चा चुलिएको थियो।  सन् २०१६ मै उनले सन् २०२४ सम्ममा नेप्से ६००० माथि हुन सक्ने सम्भावना छ भन्ने किसिमको प्रोजेक्सन गरेका थिए।  सेयर बजारले सबैलाइ सर्प्राइज दिने गर्दछ भन्दै उनले त्यसैले स्टक मार्केट लाइ धेरैले 'शक' मार्केट पनि भन्ने गरेको बताए।

यो पल्ट पनि बजारले सबैलाई सर्प्राइज दिनेवाला छ भन्दै बस्यालले आफुले भनेकै समय सीमाभित्र नेप्से आफुले प्रोजेक्ट गरेकै बिन्दुमा पुग्ने कुरामा आफू ढुक्क रहेको बताएका छन।  

सेयर बजारमा मेरो अनुमान १००% मिल्यो । माघ लागेपछि हरि ढकालको यस्तो अनुमान ! 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको