Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी नेता नारायणकाजीलाई काेभिड संक्रमण, हाेमआइसाेलेसनमा बसे

अर्थ संसार

शनिबार, २४ पुस २०७८, १० : १७ मा प्रकाशित

माओवादी नेता नारायणकाजीलाई काेभिड संक्रमण, हाेमआइसाेलेसनमा बसे

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।

'पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,' श्रेष्ठले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको