Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको एजीएम स्थगित, यस्ताे छ कारण

अर्थ संसार

आइतबार, २५ पुस २०७८, ११ : ५२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको एजीएम स्थगित, यस्ताे छ कारण

महालक्ष्मी विकास बैंक लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । शेयरधनीको कोरम नपुगेको भन्दै सभा स्थगित भएको हाे ।  

बैंकको २० औं वार्षिक साधारण सभा आज (पौष २५ गते, आइतबार) आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भनिएकाे थियाे ।

यसअघि उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे । बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हाे । 

अदालतको आदेश पछि महालक्ष्मी विकास बैंकको निर्वाचन स्थगित !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको