Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १२ : २१ मा प्रकाशित

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनाथ बालबालिकालाई सहयोग गरेकाे छ ।

कम्पनीले हिजाे (पौष २४ गते, शनिबार) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सहयाेग गरेकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिव शंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।

बढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष श्री बालकृष्ण श्रेष्ठज्यूका प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले सञ्चालन गरेका सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको