Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुराँस लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १६ : ४६ मा प्रकाशित

नेप्सेमा गुराँस लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ७.४४२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५१ रूपैयाँ ४० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीकाे वार्षिक साधारण सभा कात्तिक ४ गते कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

63454e43c81e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको