Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १५ : १२ मा प्रकाशित

गुराँस लाइफको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको हो विहान ११ बजेदेखि १ बजेसम्म सेयरधनीहरुको भौतिक तथा जुम मार्फत सभा सम्पन्न भएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ  ।

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ  । सभाले  गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी  प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ  भने मर्जरको लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ  ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको