Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाईफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १० : ३१ मा प्रकाशित

गुराँस लाईफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि असाेज २६ गते, बुधबार बुकक्लाेज गर्दैछ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीकाे वार्षिक साधारण सभा कात्तिक ४ गते कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको