Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १० : ३९ मा प्रकाशित

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गर्दैछ । तसर्थ,  आज सम्म कारोबार भइ कायम रहेका लगानीकर्तालाई १३.२७ % बोनस सेयर प्राप्त गर्नेछन। 

संस्थाले गुराँस लाइफको वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामासभाले यूनियन लाइफ र प्राइम लाइफसँग १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पास गर्नेछ । तीन कम्पनीको मर्जर पछि हिमालयन लाइफको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि साधारणसभा प्रस्तुत गरिने छ ।

सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान १०.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेन्डा रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको