Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सिइओको लागि ३ जना सिफारिस, को बन्ला नयाँ सिइओ ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १७ : ४३ मा प्रकाशित

नेप्सेको सिइओको लागि ३ जना सिफारिस, को बन्ला नयाँ सिइओ ?

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदको बैठकमा पेश गर्ने भएको छ । 

 यस अघि समितिले आवेदन दिने ११ जना मध्ये ५ जना कृष्ण बहादुर कार्की, डा. केशव प्रसाद  श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको  थियो । तिनै ५ जनामध्येबाट कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता आधारमा  कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी  सिफारिसमा परेका छन् । 

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा। रमेश कुमार भण्डारी,केशव प्रसाद  श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए । 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिय पछि नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको