Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत बोनस सेयर समायोजन पछिको मूल्य कति ?

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, ०७ : ०९ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत बोनस सेयर समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २७ गते, मंगलबार) नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । 

संस्थाकोको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ४ सय १४ रूपैयाँ २९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २७ गतेदेखि गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँँ वार्षिक साधारण सभा माघ ६ गते, बिहीबार क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 
 
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८र०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

61dcdc5305f03.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको