Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित, यस्ताे छ कारण

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, ११ : ५३ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित, यस्ताे छ कारण

प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको पाैष ३० गते, शुक्रबार हुने भनिएकाे साधारण सभा स्थगित भएको छ । 

कम्पनीको हिजाे (पौष २६ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले बढ्दो कोभिड-१९ को महामारी एवं कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनपछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61dd12562c206.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको