Like us!
Follow us!
Connect us!
Watch us!

प्राेग्रेशिभ फाइनान्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १३ : ११ मा प्रकाशित

प्राेग्रेशिभ फाइनान्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

फाइनान्सकाे चैत्र १६ गते, सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ६ प्रतिशत बाेनस सेयर बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् पाैष १८ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे फाइनान्सले जनाएकाे छ । 

त्यसैगरी, उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिनेछ ।  धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ । 

फाइनान्सकाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62b2c5dc7f854.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको