Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन, घट्यो बोनस

अर्थ संसार

बुधबार, २८ पुस २०७८, ११ : २३ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन, घट्यो बोनस

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सले लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश अनुसार अब बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

यसअघि कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

61de6a19c5da0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको