Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता कायमै, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, २७ पुस २०७८, १५ : १५ मा प्रकाशित

सेयर बजारमा राैनकता कायमै, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । नेप्से परिसूचक झण्डै अर्धसतकले बढेकाे छ । बढेकाे बजारमा फाइनान्स कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै फाइनान्स उपसमूह बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ विन्दुमा पुगेको छ । 

कूल २३२ वटा कम्पनीकाे एक कराेड १९ लाख ७० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रूपैयाँ ५१ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधनबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ६.१५ प्रतिशतले बढेकाे छ ।

मंगलबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ८३ लाख २२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पाेखरा फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.५२ प्रतिशतले घटेर एक हजार एक सय ७७ रूपैयाँमा झरेकाे छ । 

याे पनि :

बजार घट्यो भने पनि आत्तिनुपर्ने अवस्था छैन, केहि घटाउन खोजेर स्टक किन्ने प्रयास हुनेछन् Bimal Tiwari

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको