Like us!
Follow us!
Connect us!
Watch us!

माघमा व्याजदर नबढ्ने, घटाउने विषयमा छलफल हुँदै !

अर्थ संसार

बुधबार, २८ पुस २०७८, १४ : ३६ मा प्रकाशित

माघमा व्याजदर नबढ्ने, घटाउने विषयमा छलफल हुँदै !

नेपाल बैंकर्स संघका अध्यक्ष्य तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार  उपाध्यायले माघ महिनामा बैंकहरुको ब्याजदर बढ्ने सम्भावना कम भएको बताएका छन।  

अर्थसंसार सँग कुरा गर्दै उपाध्यायले केहि बैंकहरुबाट त व्याजदर घटाउने हो कि भन्ने किसिमको प्रस्ताव पनि गरेकोआएको र  व्याजदरको बारेमा भोलिसम्ममा बैंकर्स संघको आधिकारिक धारणा आइसक्ने बताए। 'सबै साथीहरुसंग मिटिङ्गको लागि कोअर्डिनेसन भैरहेको छ, सम्भवत: आज साँझ नै छलफलमा बस्छौं होला। ' उनले भने।

पछिल्लो समय कर्जाको व्याजदरलाइ न्युनतम बिन्दुमै राख्न भन्दै राष्ट्र बैंकले निश्चित समयको लागि कर्जाको व्याज बढाउन नपाइने भन्ने सर्कुलर नै जारी गरेको छ भने अप्रत्यक्ष रुपमा कर्जाको व्याजदर नबढाउन राष्ट्र बैंकले बैंक वित्तिय संस्थाहरुलाई दबाब दिंदै आएको बुझिएको छ।  त्यस्तै अर्थमन्त्री पनि कर्जाको व्याजदर घटोस भन्नेमै छन।  अर्थमन्त्रीले त सार्वजनिक कार्यक्रमहरुमै मुलुकको अर्थतन्त्रमा समस्या आएको बेला बैंकहरु नाफामुखी हुनु नहुने भन्ने अभिव्यक्ति दिंदै आएका छन।

कर्जाको व्याजदर बढाउन नपाइने अनि निक्षेपको मात्रै व्याजदर बढाउँदा कस्ट अफ फन्ड बढ्न गई नाफा झन् संकुचित हुने हुँदा बरु निक्षेपको व्याजदर घटाउने मनसायमा अधिकांस बैंक वित्तिय संस्थाहरु रहेको बुझिएको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको