Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० अंकको गिरावट, जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको सामान्य करेक्सन मात्र हो"

अर्थ संसार

बुधबार, २८ पुस २०७८, १५ : १० मा प्रकाशित

नेप्सेमा ३० अंकको गिरावट, जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको सामान्य करेक्सन मात्र हो"

पौष २२ गते विहिबार देखि निरन्तर १८४ अंकले बृद्धिभएको नेप्सेमा आज (बुधबार) ३०.५१ अंकको गिरावट आएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा भने बृद्धि भएको छ । आजको नेप्सेको कारोबार बिगत ४ महिना पछिकै उच्च हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ को विन्दुमा पुगेको छ । नेप्से १.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको बजारमा आएको करेक्सन अन्य कुनै पनि कारण नभई नितान्त रुपले प्रोफिट बुक गरेकै कारण आएको बताउछन् अनुभवी लगानीकर्ता युवराज क्षेत्री । "गत साताको अन्तिम दिन देखि निरन्तर बढेको बजारमा आज सम्म आइपुग्दा १८४ अंकले बृद्धि भएको छ अहिले यसै पनि अहिलेको बजारमा इन्भेष्टर भन्दा ट्रेडर नै बढि हाबि छन् सुरुवातका नेप्से राम्रो अंकले बढेको पनि थियो तर नाफा बुक गर्दा अन्तिममा आएर नेप्सेमा करेक्सन आएको हो, अब बजार छिट्टै उच्चतम् विन्दुमा पुग्छ भन्ने लाग्छ मलाई त अब माघ महिनामा बैंकहरुले ब्याजदर नबढाउने कुरा छ जुन बजारका लागि एकदमै सकारात्मक पनि हो त्यसैले अहिले कहिँले काँहि आउने साना तिना करेक्सन भनेका खरिद अवसर नै हुन् जसलाई लगानीकर्ताहरुले सदुपयोग गर्न सकेमा राम्रो नाफा कमाउन सकिन्छ" उनले भने ।  

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो ।

बुधबार नेपाल बंगलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घटेर ४ सय ६७ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको