Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले लाभांश परिमार्जन सहित डाक्यो साधारण सभा, बोनस बढ्यो बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ०७ : ११ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले लाभांश परिमार्जन सहित डाक्यो साधारण सभा, बोनस बढ्यो बुकक्लोज कहिले ?

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित लाभांश परिमार्जन सहित २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक) लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।  

कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमांडौमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुने छ ।

कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । तर अब कम्पनीले बिमा समितीको निर्देशन पछि गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत नै लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ । यसअनुसार ४ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

61df8053d4b40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको