Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, ०७ : ०१ मा प्रकाशित

गरिमा विकास बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गरिमा विकास बैंक सहित ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको  ।  गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स का आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । 

३ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थिए त्यसैले, पौष ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

गरिमा विकास बैंकको १६औँ वार्षिक साधारण सभा पौष २२ गते, शुक्रबार होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ  ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७४ औँ वार्षिक साधारण सभा पुस २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद लाभांश गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ । 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा पौष २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरु हुनेछ  ।

सभामा कम्पनीको कार्तिक २ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरको ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको