Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का !

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०६ : २९ मा प्रकाशित

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का !

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का हुनेभएको छ । सोमबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेकाले आज मंगलबारदेखि यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ । 

सोमबार भएको समझदारी पत्रमा दुबै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेकाछन् । स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । कम्पनीले मर्जरमा गए लगत्तै शेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको