Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जमा जाने सहमति

अर्थ संसार

सोमबार, २७ असार २०७९, १८ : २७ मा प्रकाशित

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जमा जाने सहमति

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन्।  दुई कम्पनीले सोमबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । सोमबार भएको समझदारी पत्रमा दुबै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेकाछन् । 

स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । कम्पनीले मर्जरमा गए लगत्तै शेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको