Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सकाे कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

अर्थ संसार

विहीबार, २९ पुस २०७८, १० : ५६ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सकाे कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त तालिम पश्चात् कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

उक्त तालिममा देशभरबाट उत्सहाजनक सहभागिता रहेको थियो । यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको