Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा माघ महिना किन महत्वपूर्ण ?

रबिन्द्र भट्टराई

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०७ : ४० मा प्रकाशित

सेयरमा माघ महिना किन महत्वपूर्ण ?

माघेसक्रान्ति साँस्कृति हिसावले मात्र हैन सेयर बजारको लगानीको हिसावले पनि निकै महत्वपुर्ण छ । लगानीकर्तालाई धनी बनाउन हरतरह मेहनत गरिरहेका कम्पनीले पुष मसान्त भित्र साधारणसभा सकेर यो दिन निकै ठुलो सास फेर्ने गर्छन । 

यो सँगै अघिल्लो बर्ष कमाएको नाफा साधारण सभावाट पारित गराएर फटा फट लगानीकर्ताको खातामा पठाउन उनीहरु लाई भ्याइ नभ्याइ पनि हुन्छ । जस्ले धेरैको अनुहारमा खुशि भरिदिन्छ । अव लाभांशका नाममा बैंक खातामा पैसा जम्मा भएका सुचनाका घन्टिहरु हाम्रा मोवाइलमा निकै बाक्लै बज्दै जान्छन । त्यसको आनन्दको व्याख्या गर्न गाह्रै हुन्छ । 

यसरी पैसाले कमाएर भित्र्याएको कमाइको आनन्दमा रमाउनु हरेकको चाहना हुन्छ । बोनस सेयर कम्पनीले पनि प्रकृया पुर्याएर बोनस सेयर नेप्सेमा सुचिकरण गराएर डिम्याट खातामा जम्मा गर्दै जान्छन तर दुर्भाग्य सिडिएस कम्पनि सम्हाल्ने घामड व्यवस्थापनले यसको सूचना न त बोवाइलमा आउने बनायो न इमेलमा । 

यस्तै माघ फेरि पनि महत्वपुर्ण यसकारण पनि छ कि हाम्रा लागि दिनरात काम गर्ने ति कम्पनीले आर्थिक बर्षको आधा वर्ष विताइ सकेका हुन्छन । जसको अर्धवार्षिक प्रगति विवरण पनि यहि महिना प्रकासित गर्ने छन । जस्ले हाम्रो खेतिको प्रगतिको मूल्याँकन गर्न सहयोग पुग्ने छ । माघेसक्रान्तिको सवैमा शुभकामना ।

सेयरमा लगानी गर्दा यी कुराहरु मनन गर्नुहोस्ः

-मन लागेको कम्पनीमा लगानी गर्नु होस ।

-मन लागेको (जोखिम लिन सक्ने) जति लगानी गर्नुहोस ।

-उपयुक्त लागेको मूल्यमा किन्नुहोस ।

-ठीक लागेको समयमा बेच्नुहोस ।

-मन लागेको समयमा निस्कनु होस ।

-ठीक लागेको समय सम्म राख्नु होस ।

-सवै निणर्य आफै गर्नुहोस ।

-सजिलो सोचे सजिलो छ गाह्रो सोचे गाह्रो  छ है सेयरमा लगानी ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको