Like us!
Follow us!
Connect us!
Watch us!

माघकाे सुरूवातसँगै सेयर बजारमा उछाल, काराेबार रकममा छलाङ

नेप्से

आइतबार, ०२ माघ २०७८, १५ : ०३ मा प्रकाशित

माघकाे सुरूवातसँगै सेयर बजारमा उछाल, काराेबार रकममा छलाङ

माघ महिनाकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकममा पनि उच्च वृद्धि देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीकाे एक कराेड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशाेधन उपसमूह ५.६२ प्रतिशतले बढेकाे छ ।

आइतबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३२ कराेड ४६ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेकाे छ । 

यस दिन ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०/८१ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.५९ प्रतिशतले घटेर ९ सय ९३ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको