Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गर्न नाडाकाे आग्रह

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १६ : १४ मा प्रकाशित

व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गर्न नाडाकाे आग्रह

नाडा अटोमोबाइल्स एशोसिएशनले नेपालको अटोमोबाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भिर ध्यानाकर्षण जनाएकाे छ ।

नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको र नेपालको रोजगारीमा पनि अटोमोबाइल क्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको नाडाले जनाएकाे छ । नाडाका अनुसार यस अटोमोबाइल क्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउँदै आएको छ । 

नाडाकाे विज्ञप्तिमा भनिएकाे छ, "सरकारले आह्वान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेको कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।"

"प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा लिने प्रश्न नै आउदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ । समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ", विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

नाडाले आफनो स्थापनाकालदेखि नै कानूनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउँदै आएको सन्दर्भमा कानूनसम्मत व्यवसाय गर्दै आएको व्यवसायीमाथी कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको