Like us!
Follow us!
Connect us!
Watch us!

अनुगमनमा हिँडिरहेका पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १२ : ३७ मा प्रकाशित

अनुगमनमा हिँडिरहेका पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । 
सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ । 

केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो । आइतबार  मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए । 

मन्त्री आलेसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । अनुगमनमा जाँदा सम्बन्धित् कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको