Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेप्से

मंगलबार, ०४ माघ २०७८, १५ : ४२ मा प्रकाशित

नेप्सेमा २ लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा लघुवित्तकाे सेयर सूचिकृत भएर काराेबार समेत फुकुवा भएकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २ लाख एक हजार ६ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

त्यसैगरी, साविककाे नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.७५ काे अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७ लाख २४ हजार ४ सय ६३ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (माघ ४ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे दुवै संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61e690305005b.jpg 61e690374900f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको