उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका ठमाडौंको पुर्बिभेगको कागेश्वरी मनहरा नगरपालीको वडा नम्बर–४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्यायको छ।
सदस्य सेवा केन्द्रको उदघाटन कागेश्वरी मनोहरा नगरपालीका मेयर कृष्णहरि थापाले गर्नु भएको थियो। कार्यक्रममा शुभकामना दिदै थापाले पुर्बिभेगको अब्बल सहकारी बन्ने विस्वास व्यक्त गरे। सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने समेत उनलेब ताए।
सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले पूर्वीभेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए। संस्थाको नीति अनुसार सदस्य बढीरहेका क्षेत्रमा यसरी नै सेवा केन्द्र विस्तार गरिदै लैजाने बताए।
संस्थाको कुल सदस्यसं ख्या २५६०जना, शेयरपुँजी ४करोड ३९लाख, बचत निक्षेप ३५ करोड, ऋण लगानी २९ करोड र कुल सम्पत्ति ४३करोडको रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस