Like us!
Follow us!
Connect us!
Watch us!

‘धेरैले नेप्से घटेर १९०० आउँछ भन्दै गर्दा २२०० तल आए सेयर बजारबाट सन्यास लिन्छु भनेको थिएँ’

अर्थ संसार टक

बुधबार, ०५ माघ २०७८, १५ : ३९ मा प्रकाशित

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष्य तुलसीराम ढकालले सेयर बजार बढ्ने थुप्रै आधारहरु देखिएको बताएका छन् ।  बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै जानु, ऋण दिन सक्ने अवस्थामा नरहेका बैंकहरुले ऋण प्रवाह गर्न सुरु गर्नु, स्थानीय तहको चुनाव गराउने तयारी हुनुजस्ता कुराहरुले सेयर बजार बढ्ने आधार प्रदान गरेको उनको तर्क छ ।  अर्थ संसार डट कमको कार्यक्रम अर्थ संसार टकमा कुरा गर्दै उनले पछिल्लो समय फैलिएको ओमिक्रोनले पनि बजारमा लगानी बढेको तर्क गरे।  

राष्ट्र बैंकको ४/१२ को पोलिसीले ठुला लगानीकर्ताहरुलाई धेरै अप्ठेरो परेको पनि उनले बताए । लोन रिन्यु नै नहुने अवस्थामा कसरी सेटल गरियो त्यो ठुलो ऋण लिएका आफूहरुजस्ता लगानीकर्ताहरुलाई मात्रै थाहा भएको बताउँदै राष्ट्र बैंकले लिएको सो निर्णय दुरदर्शी नभएको बताएका छन्। लगानीकर्ताले आफ्नो सम्पत्ति धितोमा राखेर ऋण लिन पाउनुपर्ने बताउँदै उनले राष्ट्र ४/१२ को पोलिसिबाट ब्याक हुनुपर्ने पनि बताए।  

बजार घटेको बेला ठुलो ठुलो आवाजमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको  पोलिसीको विरोध गर्ने लगानीकर्ताहरु बजार अलिकति बढ्ने बित्तिकै चुपचाप हुने सन्धर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भैसकेपछि लगानीकर्ताहरुका सबै समस्या समाधान गर्ने आश्वाशन अर्थमन्त्रीले  दिएको हुँदा धितोपत्र बोर्डको अध्यक्षको नियुक्ती कुरिरहेको बताए।  

केहि समय अघि बजार एकदम प्यानिक हुँदै गर्दा आफुले त्यो सेयर बेच्ने समय नभएको बताएको स्मरण गराउँदै सेयर बजार बढेपछि घट्ने र घटेपछि बढ्ने भन्दै लगानीकर्ताहरुले समय अनुसार उपयुक्त निर्णय लिनुपर्ने पनि बताए।  घटेका बेला बजार घटेर यतिसम्म आउँछ, बढ्दा यतिसम्म पुग्छ भन्ने किसिमको प्रवित्ति गलत रहेको बताउँदै उनले यस्तो किसिमको प्रवित्तिको अन्त्य हुनुपर्ने बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको